Monday, September 11, 2017

दुई नम्बरमा काँग्रेस ठूलो दल बन्नेमा शंका छैन : नेता निधि

महेन्द्रनगर (धनुषा), २६ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा नेपाली काँग्रेसले प्रस्टरुपमा नै जित हासिल गर्दै ठूलो दल बन्नेमा कुनै शंका नरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस प्रचारप्रसार समिति, मिडिया सेन्टर धनुषाले जनकपुरमा आज आयोजना गरेको पत्रकार सम्मेनलमा दुई चरणको चुनावमा काँग्रेस दोस्रो पार्टीको रुपमा आएपनि तेस्रो चरणको चुनावमा काँग्रेसको पक्षमा जनलहर देखिएकाले चुनावमा ठूलो दल बन्ने दाबी गर्नुभयो ।

नेता निधिले काँग्रेसबीच कुनै विवाद नरहेको स्पष्ट पार्दै एकजुट भएर सबै नेता कार्यकर्ता निर्वाचनमा लागेको बताउनुभयो ।

नेपाली काँग्रेसले मधेश मुद्दा समाधान गर्न अग्रणी भूमिका निर्वाह गरेको बताउँदै मधेशी जनताको भावनाअनुसार संविधानलाई सर्वस्वीकार्य बनाउने कार्यका लागि नेपाली काँग्रेसकै नेतृत्वको आवश्यकता रहेकोे दाबी गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts