Saturday, September 9, 2017

नुवाकोटको शिवपुरीमा बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने करिब २५ जना घाइते भएका छन् ।

काठमाडौंबाट नुवाकोटको खरानीटार तर्फ जाँदै गरेको बा १ ख ६३४८ नम्बरको यात्रु बाहक बस शिवपुरी गाउँपालिका ७ थानाभञ्ज्यांगमा दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी ३ जनाको घटनास्थलमा, २ जनाको उपचारका लागि लाँदै गर्दा बाटोमा र एक जनाको भने उपचारका क्रममा निधन भएको स्थानीय प्रहरीले जनाएको छ ।
घटनामा परी घाइते भएका मध्ये केहीको काठमाडौंको ग्राण्डी अस्पतालमा र केहीको ग्रीनसिटी अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts