Friday, September 8, 2017

बाबु हेमन्त शर्माको झल्को दिने गायक हिरकको ‘आई एम सरी’

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक हेमन्त शर्माका छोरा हिरक हेमन्त भट्टराईको आवाजमा रहेको आई एम सरी बोलको गीत सार्बजनिक भएको छ । आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतलाई उनकै पिता हेमन्त शर्माले लेखेका हुन् ।
हेमन्त शर्माकै शब्द संगीत र कन्सेप्ट रहेको उक्त गीतलाई बिनय केटु आदर्शले संगीत संयोजन गरेका हुन् । गीतको भिडियोमा रुक्क्षा शर्मा र हार्दिक हेमन्त भट्टराईको अभिनय रहेको छ । भिडियोलाई जीवन रसाईलीले खिचेका हुन् भने उनैले निर्देशन र सम्पादन गरेका हुन् ।
फरक शैलीले प्रस्तुत गरिएको उक्त गीतको भिडियोलाई रोमान्टिक शैलिमा प्रस्तुत गरिएको छ । हार्दिक अष्ट्रेलियाको सिड्नीमा रहेको बार्की कलेज अफ म्युजिक सम्बद्ध जे।एम।सी एकेडेमिमा अध्ययन गरिरहेका छन् ।
https://youtu.be/kdYpY3uq9Y0

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts