बागलुङ, ९ असोज (रासस) । साढे चार किलो अवैध चाँदीका गहनासहित भारतीय नागरिक सुरेन्द्र साह पक्राउ परेका छन् ।
भारतको मोतीहारी जिल्ला औराहियाठाना–४ आदापुर घर भएका ५१ वर्षीय साहलाई आइतबार साँझ बागलुङ सदरमुकामबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
करिब रु तीन लाख २० हजार मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित साह पक्राउ परेको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिनुभयो । साहले भारतको रक्सौलबाट अवैध चाँदीका गहना ल्याई बागलुङका व्यापारीलाई बेच्ने गरेको उहाँको भनाइ छ ।
बरामद भएको गहनामा ५० प्रतिशत मात्र सक्कली चाँदी प्रयोग भएको प्रहरीले जनाएको छ । प्रहरीले साहमाथि थप अनुसन्धान अघि बढाएको छ ।
Sunday, September 24, 2017
चाँदीका गहनासहित भारतीय पक्राउ
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment