काठमाडौँ, ३० भदौ । ‘अझै पनि लोकतन्त्रलाई जनताले अनुभूति गर्न पाएका छैनन्, यसलाई हामीले व्यवहारमा उतार्न पनि सकेका छैनौँ ।’’
विश्व लोकतन्त्र दिवसका अवसरमा फ्रिडम फोरमले आयोजना गरेको ‘नेपालमा लोकतन्त्रका समकालीन चुनौती र अबको बाटो’ विषयको संवादमा राजनीतिक विश्लेषक डा सिडी भट्टले सो निष्कर्ष दिँदै लोकतन्त्र अनुभूति हुने वातावरण बन्न नसकेको बताउनुभयो ।
धेरैले लोकतन्त्र र विकासलाई राम्ररी बुझ्न नसकेको र आन्तरिक र बाह्य चुनौतीले लोकतन्त्रलाई प्रभाव पारेको उहाँको भनाइ थियो । “विसं. २०६२÷०६३ को आन्दोलनपछि पनि रोजगारी, आर्थिक विकास हुन नसकेकाले लोकतन्त्र कमजोर देखिएको छ”, भट्टले भन्नुभयो,‘‘सबैभन्दा ठूलो विषय अर्थतन्त्र बलियो भएर देशमै रोजगारी सिर्जना हुन सकेमा लोकतन्त्र बलियो हुन सक्छ ।’’
पत्रकार श्रीकृष्णअनिरुद्ध गौतमलेसंसारभर अहिलेसम्मकै उत्कृष्ट व्यवस्थाकोरुपमा लोकतन्त्र मानिएको भए पनि समयक्रमानुसार नै परिष्कृत गर्दै लानुपर्नेमा जोड दिनुभयो । ‘‘लोकतन्त्रले जीवनप्रवृति र जीवनशैली बनाउँछ तर प्रवृत्ति भ्रष्ट र असभ्य बनेमा लोकतन्त्र टिक्न सक्दैन,’’ गौतमले भन्नुभयो ।
लोक अदालत, नागरिक अनुगमन, युवामा राष्ट्र र समाजप्रति कर्तव्यबोध, सम्मान गर्ने संस्कारको विकास, समताको परिपाटी बसाल्नसके लोकतन्त्रको स्थायित्व हुने भट्ट र गौतमको भनाइ थियो ।
पत्रकार हस्त गुरुङले नेपालमा लोकतन्त्र स्थायी बनाउन जनतालाई यहीँको सभ्यता र संस्कृतिको भाषामा बुझाउनुपर्ने औँल्याउनुभयो ।
फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालले नेपालमा लोकतन्त्रपछि भोगिएको चुनौती र आगामी बाटाका बारेमा राजनीतिकरु पमै बहस र विमर्श गरिनुपर्ने बताउनुभयो । ‘‘देशमा जति थोरै दल भयो, लोकतन्त्र यति नै मजबूत हुन्छ तर हाम्रो देशमा त्यसको उल्टो छ र लोकतन्त्र जोखिममा छ,’’ उहाँले भन्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment