Monday, September 25, 2017

करेन्ट लागेर मृत्यु

सुरुङगा (झापा) ९ असोज (रासस) । झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ ।

जंगली हात्ती लखेट्ने क्रममा उनलाई हिजोराति करेन्ट लागेको प्रहरीले जनाएको छ । लिम्बूले घरवरिपरि लगाएको करेन्टवालमा ठोक्किन पुग्दा उनलाई करेन्ट लागेको र उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts