Thursday, September 21, 2017

पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बैतडी, ५ असोज (रासस) ः पहिरो जाँदा बैतडीको पाटन–पञ्चेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।

पाटन नगरपालिकाको अड्तोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । गएराति पहिरो गएकाले तराईबाट मेलौली र पाटनबाट मेलौलीका लागि छुटेका बस तथा जिप बाटोमै रोकिएका छन् ।

त्यसैगरी मेलौलीबाट आउने सवारीसाधन समेत बीच बाटोमै रोकिएका छन् । दशैँका लागि घर आएका यात्रु बाटो अवरुद्ध हुँदा समस्यामा परेका हुन् । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएकोे छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts