Thursday, September 21, 2017

निर्वाचित वडा सदस्यको मृत्यु

राजविराज, ५ असोज (रासस) । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उहाँ बुधबार निर्वाचित हुनुभएको थियो । जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उहाँको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताउनुभयो । उहाँ एक छोरा र दुई छोरी छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts