Monday, September 25, 2017

लाङटाङमा पर्यटकको आगमन शुरु

रसुवा, ९ असोज (रासस) ।  लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत तीन दिनयता यस क्षेत्रमा १८० भन्दा बढी पर्यटक भित्रिसकेका छन् । दैनिक ६० भन्दा बढी पर्यटक अहिले यहाँ आउन थालेका छन् ।

साउनदेखि प्रायः सुनसान रहेको लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको आगमन बढेसँग पर्यटन व्यवसायीमा उत्साह छाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts