Monday, October 30, 2017

दुर्घटनामा परी एकको मृत्यु

नवलपरासीको सदमुकाम परासीस्थित रामग्राम नगरपालिका–४ जितपुरमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको सो दुर्घटनामा परी अन्य एक घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–२ बस्ने वर्ष १८ को रोशन हरिजनको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा परी घाइते भएका अर्को मोटरसाइकल चालक नवलपरासी रामग्राम–६ का ३५ वर्षीय प्रेमनारायण हरिजनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

महेशपुरबाट परासीतर्फ आउँदै गरेको लु २ प ४२०० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ प ५१०८ नम्बरको मोटरसाइल एक आपसमा ठोकिँदा सो दुर्घटना भएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts