Monday, October 30, 2017

बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो

बिर्तामोडमा शुक्रबारदेखि लगाइएको निषेधाज्ञा आज अपराह्नबाट हटाइएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले आज अपराह्न ३ बजेबाट निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो । निषेधाज्ञा हटाएसँगै तीन दिनदेखि अस्तव्यस्त बनेको बिर्तामोडको जनजीवन सामान्य बन्दै गएको छ ।

अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै बिर्तामोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले शुक्रबार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा बिर्ताबजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts