काठमाडौ । राजनीतिक दलहरूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गरेका छन् ।
गत असोज २९ गते निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूची बुझाएका अधिकांश राजनीतिक दलहरूले बन्दसूची संशोधन गरी आयोगमा बुझाएको निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले जानकारी दिए ।
निर्वाचन आयोगले निर्वाचन कानूनबमोजिम बन्दसूची संशोधन गर्न यही कात्तिक ६ गतेदेखि हिजोसम्मको समय दिएको थियो । समानुपातिक निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४९ दलले उम्मेदवारको बन्दसूची बुझाएका थिए ।
निर्वाचन आयोगले कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक गर्ने कार्यतालिक रहेको छ । बन्दसूची सच्याउने क्रममा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलहरू हिजो अपराह्न निर्वाचन आयोग पुगेका थिए । तर दलहरुले बेलुका अबेरसम्म लगाएर नाम टुंगो लगाएको आयोग कर्मचारीहरुले बताएका छन् ।
Sunday, October 29, 2017
समानुपातिकतर्फ संशोधनसहित बन्दसूची पेश, अब १७ गते नाम सार्वजनिक हुने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment