Sunday, October 29, 2017

शीर्ष ‘हेभी वेट’ नेताहरुको चुनावी लडाई, कस्को प्रतिस्पर्धा कोसँग ?

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको लागि आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा चुनाव हुँदैछ । जम्मा ३७ पदका लागि हुन लागेको यो चुनाबमा शीर्ष र नाम चलेका युवा नेताहरु पनि एउटै निर्वाचन क्षेत्रमा लड्दैछन् ।

एउटै क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने खालका दुवै नेता लड्दा एकजना जाने निश्चित हुन्छ । यस्तो प्रतिस्पर्धाले भविश्यमा राष्ट्रिय राजनीतिमा केही असर गर्ला कि भन्ने चासो पनि छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २, जहाँ काग्रेसको साथ लिएर राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा चुनाब लड्दै छन् ।

यसअघि २ ओटा चुनाबमा राणालाई पराजित गर्ने शेरबहादुर तामाङ फेरि बाम गठबन्धनबाट राणविरुद्ध उत्रदै छन् । सिन्धपाल्चोक क्षेत्र नम्बर १ मा बहालवाला सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत राप्रपासहितको लोकतान्त्रिक गठबन्धनबाट र अग्निप्रसाद सापकोटा बाम गठबन्धनबाट चुनाव लड्दै छन् । नुवाकोट–१ मा लोकतान्त्रिक गठबन्धनका पूर्व अर्थमन्त्री डा. रामशरण महत र बाम गठबन्धनका तर्फबाट माओवादी नेता हितबहादुर तामाङको प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ । ओखलढुङ्गामा युवा नेताहरु यज्ञराज सुनुवार र रामहरि खतिवडाबीच पनि रोचक प्रतिस्पर्धा हुनेछ ।

जाजरकोटमा पनि पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत बाम गठबन्धनबाट र कांग्रेस नेता राजीवविक्रम शाह एकअर्काविरुद्ध लड्दै छन् । गोरखा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट बाबुराम भट्टराई उठ्दा उनीसंगको प्रतिस्पर्धामा बाम गठबन्धनका नारायणकाजी श्रेष्ठ मैदानमा छन् ।

त्यस्तै लमजुङमा वाम गठबन्धनका देवप्रसाद गुरुङ र काँग्रेसका नेता दीलबहादुर घर्ती, काठमाडौ क्षेत्र नम्बर १ बाट कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझाका रबिन्द्र मिश्र, क्षेत्र नम्बर २ मा एमाले नेता माधबकुमार नेपाल र काँग्रेसका दिपक कुईकेलबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौ क्षेत्र नम्बर ५ मा एमाले महासचिब ईश्वर पोखरेल र काँग्रेसका प्रकाश शरण महतबीच प्रतिस्पर्धा हुँदैछ ।

शीर्ष नेताहरुको यस्तो आपसको प्रतिस्पर्धालाई राजनीतिक विश्लेषकहरुले खासै नयाँ रुपमा लिन नहुने बताएका छन् । विश्लेषक सोमत घिमिरे यो खासै ठूलो विषय नभएको बताउँछन् । चुनावले केही नेताहरु संसदबाट बाहिरिने प्रक्रिया मात्रै हो । यसलाई महाभारत बनाउन नहुने र यसले खासै ठूलो अप्ठ्यारो राजनीतिमा नपार्ने पनि उनको टिप्पणी छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts