Monday, October 2, 2017

भालुको आक्रमणबाट घाइते

चितवन राष्ट्रिय निकुञ्जमा भालुको आक्रमणबाट माडी नगरपालिका वडा नं ६ निवासी २४ वर्षीया सिर्जना विक घाइते हुनुभएको छ ।

माडीबाट मोटरसाइकलमा भरतपुरतर्फ आउँदै गर्नुभएकी विकलाई निकुञ्जको ध्रुव पोष्ट नजिकै बच्चासहित रहेको भालुले आक्रमण गर्दा मोटरसाइकल पल्टिएपछि उहाँलाई भालुले पुनःआक्रमण गरेको थियो । मोटरसाइकल चालक उहाँका श्रीमान् सागर भने भाग्न सफल हुनुभएको छ । घाइते विकको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts