काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बदर मतको सङख्या कम गराउन विशेष जोड दिएको जनाएको छ ।
स्थानीय तहको चुनाबमा बदर मतसङख्या धेरै भएको र गाउँगाउँसम्म मतदाता शिक्षाको कार्यक्रम नपुगेको भन्दै आलोचना भएपछि निर्वाचन आयोग यसपटक मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन लागेको हो ।
मतदाता शिक्षा कार्यक्रमका लागि खटिएका मतदाता स्वयंसेवकहरुको नियुक्ति सुरु हुने र १५ गते बाट मतदाता शिक्षकहरु गाउँगाउँमा खटिने गरी कार्यतालिका तयार पारिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । मतदाता शिक्षाका लागि २० हजार कर्मचारी गाउँगाउँमा खटिएका छन् ।
यस्तै आयोगले राजनीतिक दलका कार्यकर्तालाई पनि मतदाता शिक्षा सम्बन्धि तालिम दिएर घरघरसम्म पुग्ने गरी खटाउने तयारी गरेको हो । प्रवक्ता ढकालका अनुसार भोलि राजनीतिक दल सम्बद्ध युवा कार्यकर्तालाई मतदाता शिक्षा सम्बनिध तालिम दिने र १५ गतेबाट मतदाताका बिचमा पठाउने तयारी आयोगले गरेको छ ।
Friday, October 27, 2017
बदर मत संख्या कम गराउन २० हजार कर्मचारी गाउँगाउँमा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment