Friday, October 27, 2017

त्रिशुली नदीमा बस खस्यो, १५ जनाको उद्धार, केही बेपत्ता भएको आशंका

धादिङ। धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा त्रिशुली नदिमा बस खसेको छ ।
सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ४ ख १४६७ नम्बरको बस आज बिहान ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । धादिङ प्रहरीका अनुसार बस पानी पुरै डुबेको र अझै निकाल्न नसकिएकाले गाडीमा अरु कति यात्रु थिए भन्न अहिल्यै सकिएको छैन ।
१५ जनाको भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकाहरुको अनुसार गाडीमा अरु पनि यात्रु भने रहेको भनिए पनि एक्की नभएको प्रहरीको भनाइ छ । दुर्घटनास्थलमा नेपाली सेना, शसस्त्र प्रहरीको उद्धार टोली परिचालित छन् । नदि गहिरो भएको र बस खोचमा झरेका कारण उद्धार कार्य प्रभावित बनेको छ । घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts