Thursday, October 12, 2017

राइनासमा प्याराग्लाइडिङ परीक्षण शुरु

ऐतिहासिक राइनासकोटबाट प्याराग्लाइडिङको परीक्षण शुरु गरिएको छ ।

एक नेपालीसहित पाँच विदेशी पर्यटकले आज राइनासकोटबाट सफल परीक्षण गरेका हुन् । प्याराग्लाइडिङ गरेका छमध्ये तीन जनाले चेपे नदी किनारमा तथा तीन जनाले लमजुङको सुन्दर बजार र गोरखाको लिगलिगका भूभाग घुमेर राइनासकोटमै अवतरण गरेका थिए ।

राइनासकोटमा प्याराग्लाइडिङको सम्भावना राम्रो पाइएको पाइलट लाक्पा शेर्पाले बताउनुभयो । मनोरम दृष्य र सुरक्षित अवतरणको अवस्था निकै राम्रो पाइएको शेर्पाको भनाइ छ । पर्यटन व्यवसायी कृष्णराज ओलियाले प्याराग्लाइडिङलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय पोखराबाट प्याराग्लाइड विस्थापन हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजी भइरहेका बेला राइनासकोटको सम्भाव्यताले व्यावसायिक प्याराग्लाइड गर्नेहरु उत्साहित भएका छन् । आज सफल परीक्षण गरेको टोलीले सोही ठाउँबाट तीन दिनसम्म प्याराग्लाइडिङ गर्ने जनाइएको छ । टोलीमा एक नेपालीसहित पाँच फ्रान्सेली छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts