Thursday, October 12, 2017

एनआएएनएको अध्यक्षमा गुरुङको उम्मेदवारी

काठमाडौ । जमुना गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
गुरुङले विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । एनआरएनएको ८ औं विश्व सम्मेलन शनिबार काठमाडौंमा सुरु हुँदैछ ।
गुरुङले सबै गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई सम्बोधन गर्न आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको स्पष्ट पार्नु भयो । उहाँले गैर आवासीय नेपाली संघलाई समय सापेक्षा परिवर्तन गर्दै लैजान र त्यसमार्फत् विश्वमा छरिएर रहेका नेपाली महिलाहरुको सशक्तिकरण गर्न पनि आफूले अध्यक्षको उम्मेदवारी दिएको उल्लेख गर्नु भयो ।
अष्ट्रेलियाका धनाध्यहरुको सूचिमा पर्न सफल गुरुङले आफू अध्यक्षमा निर्वाचित भए नेपालमा निर्माणाधिन मेघा परियोजनहरु समयमै सम्पन्न गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । गुरुङ एनआरएनएका वर्तमान अध्यक्ष शेष घलेका पत्नी हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts