Tuesday, October 24, 2017

आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्ने

विराटनगर। आगामी मंसिर २१ गते हुुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वतयारीका सम्बन्धमा आज यहाँ सर्वदलीय भेला आयोजना गरिएको छ ।

निर्वाचन आयोग क्षेत्रीय कार्यालय विराटनगरद्वारा आयोजित कार्यक्रममा निर्वाचन व्यवस्थित, भयरहित र निष्पक्ष वातवरणमा सम्पन्न गर्ने विषयमा सरोकार भएकाहरुबीच छलफल भएको थियो ।

भेलामा आचारसंहिता पालना, मतदान केन्द्र, मतदाता शिक्षा तथा राजनीतिक दलले पालना गर्नुपर्र्ने आचारसंहिता एवं निर्वाचनसम्बन्धी गतिविधिका विषयमा छलफल भएको थियो ।
मोरङका प्रजिअ रामप्रसाद आर्चायले निर्वाचन भयरहित एवं निष्पक्ष बनाउन चार वटै सुुरक्षा निकायलाई परिचालन गरिएको बताउनुुभयो । मोरङका मुुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजुुकुुमार खतिवडाले निर्वाचन आचारसंहिता सबै राजनीतिक दल र उम्मेदवारले पूर्णपालना गर्नुपर्नेमा जोड दिनुुभयो ।

जिल्ला समन्वय समितिका प्रमुुख नरेश पोखरेलले संघीय निर्वाचनलाई सफल बनाए मात्र संविधान कार्यान्वयन हुने बताउनुभयो ।
भेलामा राजनीतिक दलका नेताले आचारसंहिता कार्यान्वयनमा निर्वाचन कार्यालयको ध्यान दिनुपर्ने बताउँदै स्थानीय निर्वाचनमा मतदाता शिक्षा प्रभावकारी नभएकाले यसतर्फ विशेष ध्यान पुु¥याउन निर्वाचन कार्यालयलाई आग्रह गरेका थिए ।
आयोगका क्षेत्रीय निर्वाचन अधिकृत प्रेमप्रसाद सञ्जेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिनुभएको थियो । मोरङ जिल्लामा नेपालकै सबैभन्दा बढी छ लाख ४४ हजार ७८२ मतदाता छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts