Wednesday, October 4, 2017

कपडा बरामद

प्रहरीको टोलीले भन्सार छली गरी भित्र्याइएको रु १० लाख २४ हजार एक सय मूल्य बराबरका लत्ताकपडा कैलालीको टीकापुरमा मंगलबार बरामद गरेको छ ।

सत्ती प्रहरी कार्यालयको गस्ती टोलीले टीकापुर नगरपालिका—७ बाट यी सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो । बरामद भएका सामानमा कुर्ता सुरुवाल, ब्लाङ्केट, मार्किन कपडा, पाइन्ट कपडालगायत रहेको छ ।

बरामद भएको सामान कैलाली भन्सार कार्यालयमा बुझाइएको छ ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts