पोखरा, २ कात्तिक । लमजुङ जिल्लाको क्होला सोंघर गाउँपालिका–८ घाम्राङ्ग निवासी दृष्टिविहीन पाँच वर्षीया कान्छीमाया गुरुङलाई रु दुई लाख १७० प्राप्त भएको छ ।
लमजुङ सेवा समिति हङकङको सक्रियतामा त्यहाँ रहेका नेपालीबाट संकलित उक्त रकम समितिका अध्यक्ष खम गुरुङले पीडित कान्छीमायाका पिता चन्द्रबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
दुई वर्षको उमेरदेखि दृष्टिविहीन बनेकी अपाङ्ग गुरुङ परिवार आर्थिक अवस्था कमजोर भएकाले पालनपोषणमा सहयोग पु¥याउन उक्त रकम हस्तान्तरण गरिएको खम गुरुङले बताउनुभयो । तमु समाज बेल्जियमका सल्लाहकार केशबहादुर गुरुङले आफ्नो तर्पmबाट अपाङ्ग गुरुङलाई रु १० हजार सहयोग गर्नुभएको बताइएको छ ।
No comments:
Post a Comment