Tuesday, October 3, 2017

प्रम र प्रचण्डबीच राजनीतिक छलफल

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि वामपन्थी दलबीच तालमेलको चर्चा चलेकै बीचमा प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच कुराकानी भएको हो । काँग्रेसले वर्तमान गठबन्धन कायम राखेर निर्वाचनमा जान माओवादी केन्द्रसँग प्रस्ताव गर्दै आएको छ भने केन्द्रले नेकपा (एमाले) सँगको तालमेल र पार्टी एकताका लागि वार्ता अघि बढाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार दुई शीर्ष नेताबीच आपसी छलफल भएको तर आफूलाई विस्तृत जानकारी नभएको बताउनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts