Tuesday, October 3, 2017

नेपालको संविधान थारु भाषामा

नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ ।
प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो ।

नेपाली भाषामा रहेको नेपालको पहिलो संशोधित संविधान बाँसगढीस्थित ‘गुर्वावा एमएम’का प्रमुख एकराज चौधरीले अनुवाद गर्नुभएको हो ।
सिँचाइमन्त्री सञ्जयकुमार गौतम र पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो कृतिको आज विमोचन गर्नुभयो । नेपालको संविधान थारु भाषामा प्रकाशन गर्न मन्त्रिस्तरीय बैठकले गत पुस १ गते निर्णय गरेको थियो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts