Thursday, October 5, 2017

बाम एकताको सन्तुलनका लागि लोकतान्त्रिक गठबन्धन आवश्यक : नेताहरू

विभिन्न राजनीतिक दलका नेताले बाम एकताले राष्ट्रियता र लोकतन्त्र नै खतरामा पर्ने भएकाले सन्तुलनका लागि बृहत लोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मुखैमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीच बाम एकता गर्नु लोकतान्त्रिक मूल्य मान्यताविपरीत भएको टिप्पणी गर्नुभयो ।

नेपाली काँग्रेसका नेता डा नारायण खड्काले बाम एकता लामो समयसम्म टिक्न नसक्ने भन्दै मुलुकको स्थायी शक्ति लोकतान्त्रिक शक्ति नै भएको दाबी गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता रोशन कार्कीले लोकतान्त्रिक शक्तिहरू एकजुट हुनु कसैकाविरुद्ध नभई मुलुकलाई स्थायित्व र आर्थिक समृद्धितर्फ अगाडि बढाउने उद्देश्यले गठन गरिएको प्रस्ट पार्नुभयो ।

मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का महासचिव योगेन्द्र चौधरीले बृहत लोकतान्त्रिक गठबन्धनलाई देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts