Thursday, October 5, 2017

डा. गजुरेलको जीवन रक्षा नगरे सामूहिक आमरण अनशन बस्ने चेतावनीडा. गजुरेलको जीवन रक्षा नगरे सामूहिक आमरण अनशन बस्ने चेतावनी

नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय कार्य समितिले आमरण अनशनमा रहेका डा. महेश कुमार गजुरेलको जीवन रक्षाको लागि सरकारले तत्काल पहल नगरे सामूहिक अनशन बस्ने चेतावनी दिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा उक्त कार्य समितिले पत्रकार सम्मेलन आयोजना गरेर यस्तो चेतावनी दिएको हो  । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग र आंगिक क्याम्पसहरुमा कार्यरत सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई करार गरियोस् भनी विभिन्न चरणका आन्दोलनहरु गर्दा पनि सरकारले कुनै चासो नदेखाएको गुनासो पोख्दै उक्त माँगहरु पूरा गराउन अनशनमा रहेका डा. गजुरेलेको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक रहेकोले सरकारले उनको जीवन रक्षाको लागि तत्काल तत्परता देखाउनु पर्ने माँग गरेको हो । कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संगठनका अध्यक्ष सह–प्राध्यापक जगत तिमिल्सिना, नेपाल प्रगतिशिल प्राध्यापक संगठनका प्रा.डा. यादवप्रकाश लामिछाने र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका संयोजकप्रा. डा. रमेश भट्टराई लगायतले समितिले अघि सारेका माँगहरु सरकारले अविलम्ब पूरा गर्नुपर्नेमा जोड दिँदै पेशाग हितकालागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने विश्वास दिलाएका थिए । त्यस्तै उनीहरुले सत्याग्रहीको जीवन रक्षाको लागि सक्दो पहलगर्ने र सरकारले पनिकुनै बहाना नगरी पहल गरोस भन्ने अपिल गरेका थिए । कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सभापति डा. गंगाधर अधिकारीले जीवन रक्षाको लागि सरकारले अब ढिला नगरी पहल गर्नुपर्ने बताए । उनले भने,‘उहाँको स्वास्थ्य अवस्था अहिले निकै नाजुक अवस्थामा छ, त्यसैले सरकारले सत्याग्रहीको जीवन रक्षामा विशेष ध्यानदिओस्, म त स्वयम् उहाँको अनशनस्थलमा पुगेर नै आएको छु ।’ त्रि.वि. घेराउ, प्रधानमन्त्री निवास घेराउ, ज्ञापनपत्र, रिले अनसन र पत्रकार सम्मेलन गर्दा सम्म पनि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारले माग सम्बोधन गर्नेगरी कुनै पनि तत्परता नदेखाएकोले नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय कार्यसमितिका केन्द्रीय अध्यक्ष तथा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनका आंशिक प्राध्यापक (नेपाल विद्याभूषण ‘क’ बाट सम्मानित) डा. महेशकुमार गजुरेल मिति २०७४ असौज ११ गतेदेखि आमरण अनसनमा बस्न बाध्य भएको समितिले जनाएको छ । आमरण अनसनमा बस्ने व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा दैनिक रुपमा निगरानी गरिरहनु भएका मनमोहन मेमोरियल अस्पताल स्वयम्भूका डा. सुवास राजभण्डारीका अनुसार अहिले  रक्तचापमा समस्या(अनसनप्रारम्भ गर्दा १२०÷८० भएको रक्तचापअहिले ८०÷५० माझरेको , मुटुको चालबढी भएको र शरीरका महत्वपूर्ण अङ्गहरु शिथिलहुँदै गएको, फोक्सोमा भएको संक्रमणका कारणले गर्दा श्वासप्रश्वासमा समस्या, मृगौलामा समस्या बढेका कारण पिशावको मात्रा असाध्यै कम भएको, सुगरको मात्रा कम भएर ५६ MG/DL भएकोले Dextrose ५० % दिनु परेको छ । समितिद्धारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘यसप्रकार आमरण अनसनकारीको स्वास्थ्यस्थिति जटिल हुँदै जाँदापनि नेपाल सरकार, त्रिभुवनविश्वविद्यालय र सरोकारवालानिकायले वेवास्ता गरेकाले अनसनकारी (सत्याग्रहीव्यक्ति¬) को जीवन रक्षाकालागि सम्बन्धित सबैमा हार्दिक अपील तथा ध्यानाकर्षण गर्दछौं ।’नेपाल आंशिक प्राध्यापक संघका सह–अध्यक्ष ठमिन्द्र खतिवडाले आफूहरुले अघि सारेका जायज मागतत्काल पुरा गरि डा. गजुरेल जीवन रक्षानगरे सामूहिकआमरण अनशन बस्ने चेतावनीदिएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts