Thursday, October 5, 2017

पोखरीमा डुबेर किशोरको मृत्यु

सप्तरीको सुरुङ्गा नगरपालिका–२ हर्दियास्थित दशैँको टीका लगाउन मामाघर गएका एकजना किशोरको बुधबार साँझ पोखरीमा डुबेर ज्यान गएको छ ।

मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–१२ घर भएका १५ वर्षीय अविनाश चौधरी रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

दशैँको टीका लगाउन अविनास मामाघर आएको बेला सोही गाउँमै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको स्थानीयवासीले जानकारी दिएका छन् । रासस

उनलाई पोखरीबाट उद्धार गरी उपचारको लागि सिराहाको लहानस्थित सप्तऋषि अस्पतालमा भर्ना गरेपनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
–––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts