Thursday, October 5, 2017

करेन्ट लागेर तीनजना घाइते

घोराही उपमहानगरपालिका तुलसीपुर चोकमा आज रक्सीको होर्डिङ बोर्ड राख्न खोज्ने तीन जना करेन्ट लागेर घाइते भएका छन् ।

सिङ्नेचर ब्राण्डको रक्सीको प्रचार बोर्ड राख्न खोज्दा दीपज्योति इन्टरप्राइजेजमा कार्यरत गोविन्द भण्डारी, ललित सेजवाल र दीपेन्द्र श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते तीनमध्ये भण्डारीको अवस्थामा गम्भीर भएकाले उपचारका लागि बुटवल पठाइएको र अन्य दुईजनाको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts