Friday, October 13, 2017

जमुना भाउजुले हतार गर्नुभयो, तर पनि उहाँलाई चुनावी मैदानमा स्वागत छ : भवन भट्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनका अध्यक्षका उम्मेद्वार एवम् बर्तमान उपाध्यक्ष भबन भट्टले अध्यक्षको लागि बिहिबार मात्रै उम्मेद्वारी घोषणा गरेकी जमुना गुरुङलाई चुनावी प्रतिष्पर्धामा उत्रिएकोमा स्वागत गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लबमा आयोजित विशेष साक्षात्कारमा बोल्दै भट्टले यस्तो बताएका हुन् । उनले भने,‘जमुना भाउजुले आज उम्मेद्वारी घोषणा गर्नुभयो, यसलाई मैले स्वभाविक देख्दिन, तर पनि लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव हो, उहाँ आउनु भयो अब चुनावी मैदानमा उहाँलाई स्वागत छ ।’ यद्दपी उनले सम्पूर्ण गैर आवासीय नेपालीहरुको समस्या, पीर, मर्काहरु बुझेको र अन्र्तराष्ट्रिय कोअर्डिनेशन कमिटीमा बसेर काम गरेको मान्छे नेतृत्वको लागि उपयुक्त हुने बताए ।
साक्षात्कारमा बोल्दै भट्टले अध्यक्षका अर्का प्रत्यासी गुरुङ मुलुकले नै गर्व गर्न लायक व्यक्तित्व भएको भन्दै अहिले नै संस्थाको अध्यक्षमा आउन खोज्नु हतार भएको गुनासो पोखे । यद्दपी गुरुङ्ले आफूमा कन्फिडेन्स देखेर नै चुनावी मैदानमा आएकोले आफूले त्यसलाई सहर्ष स्विकार गर्ने उनको भनाई थियो ।
भट्टले आफ्नो जीतको पहिलो आधार नै सम्पूर्ण एनआरएनए साथीहरु भएको विश्वास दिलाए । उनले भने,‘म त लगभग साझा उम्मेद्वारको रुपमा उभिएको छु, हुन त यो बीचमा सर्वसम्मतीले नेतृत्व चयन हुने भयो भनेर साथीहरु खुशी हुनुभएको थियो, तर जमुना भाउजुले अन्तिम समयमा आएर उम्मेद्वारी दिनुभयो, यो म स्वभाविक देख्दिन ।’उनले आफूलाई संस्थाका संस्थापक अध्यक्षद्वय डा. उपेन्द्र महतो, जीवा लाछिाने र हालका अध्यक्ष डा. शेष घलेको पनि पूर्ण साथ र सहयोग रहेको विश्वास दिलाए ।
उनले यसअघि एनआरएन जापानको अध्यक्ष तथा एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदको कोषाध्यक्षका रुपमा बसी कार्य सम्पादन गरिसकेका कारण अध्यक्षमा पनि आफु सफल हुने विश्वास दिलाए ।
भट्टले वर्तमान नेतृत्वले अघि बढाएको लाप्राक नमुना वस्ती निर्माणलाई समयमै सक्ने गरी काम गरिने पनि प्रतिबद्धता जनाए । भट्टले वर्तमान नेतृत्वले अघि सारेको एनआरएनको भिजन ट्वान्टी–ट्वान्टी एण्ड वियोन्ड, सामुहिक लगानीका परियोजना निर्माण लगायतका कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाए ।
उनले एनआरएन भवन निर्माणलाई पनि प्राथमिकता दिने बताए । एनआरएनएमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्ने, स्टार्टअप फन्डको व्यवस्था गर्ने, स्मार्ट एनआरएन बनाउने लगायतका नयाँ एजेण्डा उनले सुनाएँ ।
उनले आफूहरुको संस्था नेपालीहरुको लागि नेपाली भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको उल्लेख गर्दै स्थापनाकालदेखि नै आफू सक्रिय भएर लागिरहेको जनाए । उनले भने,‘हाम्रो संस्था वास्तवमै भोलेन्टियर्स संस्था हो, हामी अहिले राष्ट्रको समृद्धिको लागि लागिपरिरहेका छौं, हाम्रो अरु कुनै उद्देश्य छैन, मुलुक समृद्ध भएको हेर्न मन छ ।’
भट्टले संस्थालाई सशक्त रुपमा डा«ईभ गर्नको लागि आवासीय र गैरआवासीय नेपालीहरुवीच जोड्ने कामगर्ने लक्ष्य लिएको पनि सुनाए । उनले विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको मनमा सँधै नेपाल र नेपाली नै रहेको बताउँदै भने,‘हुन पनि म यो पटक नयाँ नाराका साथ अघि बढेको छु, नयाँयुगको सुरुवात ः सबै हात, एकै साथ भनेर, यो सबैलाई जोड्ने उद्देश्य हो ।’
उनले आफू नेतृत्वमा आएसँगै एनआरएनए भर्जन–२ मा आउने अर्थात नयाँ ईरा सुरु हुने बताए । उनले भने,‘म विश्वास दिलाउन चाहन्छु, अब तपाईहरुले नयाँ नेतृत्वमा म आएँ भने भवन भट्टलाई नयाँ रुपमा पाउनु हुनेछ ।’
तपाई कुन गठबन्धन ? लोकतान्त्रिक कि वाम गठबन्धन भनेर पत्रकारले सोधेको एक प्रश्नमा उनले आफू कुनै पनि पार्टी नभएर एनआरएनए पार्टी रहेको स्पष्ट पारेका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts