मिस टुरिजम–२०१७ को अडिसन सम्पन्न भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी कात्र्तिक १८ गते आयोजना गर्ने “मिस टुरिजम–२०१७” को अडिसन शुक्रवार सम्पन्न भएको हो । काठमाडौं, पोखरा र चितवनका गरी जम्मा ३३ जना प्रतिस्पर्धीले अडिसन दिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।
मिस टुरिजम–२०१७ को अडिसनमा निर्णायकको भुमिकामा नेपाल योग एशोशियसनका महासचिव, युवा पर्यटन व्यवसायि एवं अर्थबाउण्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिंखडा, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व कोषाध्यक्ष खुमवहादुर सुवेदी, प्रेस चौतारी नेपालका उपाध्यक्ष,फिल्म निर्देशक पत्रकार गणेश पाण्डे तथा मिस टुरिजमका अफसियल कोरियोग्राफर रोजिन शाक्य रहेका थिए ।
प्वाईन्ट मिडिया प्रा.लि.ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१७” को आयोजना गर्न लागेको प्वाईन्ट मिडिया प्रा.लि का प्रबन्ध निर्देशक काफ्लेले वताए । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने अपेक्षा रहेको काफ्लेले वताए ।
मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाईएको छ । त्यस्तै मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
मिस टुरिजम–२०१७ को सह–प्रायोजकमा अर्थबाउण्ड एक्सपीडिसन प्रा.लि, बंैकिङ पार्टनरमा एनआईसि एशिया बैंक लिमिटेड, ट्रेकिङ पार्टनरमा मकालु एड्भेञ्चर प्रा.लि र सहयोगी संस्थाहरुमा एड्भेञ्चर अल्टिच्युड ¥यान्डोनी ट्रेकिङ प्रा.लि.,होटल पिनाकिनी, रिभरफन विच रिसोर्ट, काठमाडौं स्पा, सम्पदा गार्डेन रिसोर्ट, युनिक एड्भेञ्चर ईन्टरनेशनल,माउण्टेन डिलाईट्स ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.ल,लाईफ हिमालय ट्रेकिङ प्रा.लि.र एसएमएस पार्टनरमा स्पारो रहेका छन ।
Friday, October 13, 2017
मिस टुरिजम–२०१७ को अडिसन सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment