Tuesday, October 3, 2017

अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल गर्दै शिक्षा नीति बनाउनुपर्छ : राज्यमन्त्री अधिकारी

शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अन्तर्राष्ट्रिय मापदण्डलाई ख्याल राख्दै शिक्षा नीति बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

रत्ननगरमा आज आयोजित विद्यालय क्षेत्र विकास योजना तथा स्किल कार्यक्रम कार्यान्वयनमा नेतृत्व विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले राष्ट्रिय शिक्षा नीति बनाउँदा सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउनुपर्ने बताउनुभयो । जसले गर्दा व्यावसायिक शिक्षामा जान सहज हुने अधिकारीले बताउनुभयो ।

यसका लागि उच्चस्तरीय शिक्षा आयोग गठन गरी कामलाई अगाडि बढाइसकेको उहाँले बताउनुभयो । यसले शिक्षा क्षेत्रको समस्या समाधान गर्दै मर्यादित बनाउन सहयोग पुग्ने राज्यमन्त्री अधिकारीले बताउनुभयो । अहिले शिक्षा क्षेत्रमा दुई किसिमको प्रणाली देखिएको भए पनि त्यसो नभई पठनपाठनमा दुई धार मात्रै रहेको उहाँले बताउनुभयो ।

शैक्षिक विकासका लागि अब गुणस्तरीय शिक्षा आवश्यक रहेको र यसका लागि सरकारले कसरत गरिरहेको उहाँले बताउनुभयो । अहिलेको शिक्षा समयसापेक्ष नभएका कारण देशमा बेरोजगारी बढ्दै गएको भन्दै उहाँले परम्परागत शिक्षा प्रणालीको अन्त्य गर्नु र व्यावहारिक शिक्षा लागू गर्नु मुख्य जिम्मेवारी सरकारको भएको बताउनुभयो ।

रत्ननगर नगरपालिकाका विद्यालयका शिक्षकको सहभागिता रहेको सो कार्यक्रममा बोल्ने राजनीतिक दलका प्रमुखले व्यावहारिक शिक्षा र गुणस्तरीय शिक्षामा जोड दिन सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, राप्रपाका टीकाराम लामा, नयाँ शक्तिका नारायणप्रसाद रेग्मी, जनमोर्चाका मेघराज ढकाल, नेकपा क्रान्तिकारीका प्रकाशबाबु खनाल, जिल्ला शिक्षा अधिकारी मनोजकुमार गैरे, रत्ननगर नगरपालिकाका वडाध्यक्ष केशव आचार्य लगायतले बोल्नुभएको थियो ।

शिक्षा मन्त्रालयका उपसचिव मुकुन्दमणि खनालले विद्यालय क्षेत्रको विकास र स्किल कार्यक्रमको कार्यान्वयनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts