Tuesday, October 10, 2017

औषधालय सेवा शुरु

जनतालाई उचित मूल्य र सुलभ तरिकामा औषधि दिलाउने उद्देश्यका साथ भारदह अस्पतालमा आजदेखि औषधालय सेवा शुरु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ स्थित भारदह अस्पतालमा अस्पतालबाट निःशुल्क पाइने औषधिबाहेक बाहिरबाट खरिद गर्नुपर्ने औषधि बाहिर नगई सुलभ दरमा अस्पतालभित्रै उपलब्ध गराइने अस्पतालका प्रमुख धर्मेन्द्र खड्गाले जानकारी दिनुभयो ।

अहिले सो औषधालयमा ४६ थरी औषधिमा शुल्क लाग्ने र ७१ थरी निःशुल्क पाइन्छ । अस्पतालमा प्रयोगशाला जाँच गराउँदा बिरामीलाई सुविधा हुने गरी सुलभ दरमा सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

पन्ध्र श्यया रहेको अस्पतालमा भौतिक पूर्वाधारको अभाव छ । बहिरंग शुल्क भने रु १० मात्र लिने निर्णय भएको छ । अस्पताल सञ्चालन समितिका अध्यक्ष अनिरुद्ध मण्डलले सो सेवाको उद्घाटन गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts