Tuesday, October 10, 2017

कलेज खारेजीको निर्णयसँगै ३७ विद्यार्थीको भविष्य अन्योलमा

मध्यपुरथिमिस्थित चक्रवर्ती हवी नर्सिङ कलेजको सम्बन्धन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले खारेज गरेको विषयमा कलेजले अदालतको मानहानि भएको भन्दै आपत्ति जनाएको छ ।

गत भदौ ३० गते उच्च अदालत पाटनका न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले कलेज नवीकरण गर्न र विद्यार्थीको पढाइलाई अवरोध नगर्न सिटिइभिटीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

अदालतको आदेश विपरीत कलेजलाई कुनै जानकारी नै नदिई प्रमाणपत्र तह नर्सिङ विषयमा भर्ना भएका ३७ विद्यार्थीको भविष्य अन्योलमा पारेर कलेज खारेज गर्ने सिटिइभिटीको निर्णयप्रति कलेजको आपत्ति रहेको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताउनुभयो ।

सिटिइभिटीको आइतबार बसेको बोर्ड बैठकले कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको थियो । ‘सिटिइभिटीमा कलेज नवीकरणका लागि आवश्यक सम्पूर्ण कागज एवं पूर्वाधार पूरा गरेर पेश गरिए पनि पूर्वाग्रह राखेर सिटिइभिटीले गरेको निर्णय’ नसच्याए कानूनी उपचारको बाटामा जाने बताउँदै सिंहले कलेजका बारेमा सिटिइभिटीले लगाएको आरोप झुटो भएको बताउनुभयो ।

कलेजले गत भदौ २५ गते प्रमाणपत्र तह नर्सिङ विषयमा ३७ विद्यार्थी भर्ना लिएको थियो । कलेजले विज्ञप्ति जारी गर्दै भर्ना भएर पठनपाठन शुरु भइसकेका अवस्थामा विद्यार्थीको भविष्य अन्योल बनाइएको भन्दै कलेज खारेज गर्ने निर्णय सच्याउन माग गरेको छ ।

सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले भने कलेजलाई सिटिइभिटीले विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरे पनि नवीकरणसमेत नगरी विद्यार्थी भर्ना गराएकाले सम्बन्धन खारेज गर्नुपरेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts