Friday, October 13, 2017

जमुना गुरुङ र भवन भट्ट दुवैले अध्यक्षमा मलाई समर्थन गर्नुहुन्छ : कार्की

गैर–आवासीय नेपाली संघका सल्लाहकार टि.बि. कार्कीले संघको नयाँ नेतृत्वको लागि अध्यक्षका उम्मेद्वारद्वय जमुना गुरुङ र भवन भट्टले अन्तिममा आएर आफुलाई समर्थन गर्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्षका उम्मेदवार कार्कीले दुवै उम्मेद्वारले आफुलाई समर्थन गर्ने दाबी गरेका हुन ।
कार्कीले संघलाई व्यक्तिगत र राजनीतिक दुवै समस्याबाट विभाजित हुनबाट जोगाउनको लागि आफ्नो नेतृत्वको खाँचो रहेको बताए । उनले भने,‘एनआरएनए परराष्ट्र मन्त्रालय अन्तर्गत सामाजिक संस्थाका रुपमा स्थापना भएको संस्था हो, यसलाई राजनीतिक चंगुलमा फस्न दिनु हुँदैन, समाजले यो संस्थालाई धनाढ्यहरुको सस्थाको रुपमा चिन्ने वातावरण विल्कुल सिर्जना गर्न दिनुहुँदैन, हामी यस संस्थाका व्यक्तिहरु राज्यसँग मिलेर मुलुकको विकास चाहन्छौँ, समृद्धि चाहन्छौँ, बरु राज्यले नोपली नागरिकलाई अधिकार सम्पन्न बनाउने काम गर्नुपर्छ ।’
संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, जिवा लामिछाने हुँदै हालका अध्यक्ष शेष घलेको नेतृत्वसम्म आईपुग्दा आफू प्रत्यक्ष संलग्नता रहदै आएको भन्दै कार्कीले भावी नेतृत्व संघका सम्पूर्ण प्रतिनिधिहरुले आफुलाई सुम्पिने विश्वास दिलाए ।
उनले भने,‘मलाई नचिन्ने कमै साथीहरु हुनुहुन्छ, मेरा एजेण्डाहरु संस्थालाई बलियो बनाउने र संस्थागत बनाउने खालका छन्, यदि म निर्वाचित भएँ भने २२ बुँदे घोषणापत्रलाई कार्यन्वयन गर्नेमा कुनै शंक छैन्, प्रतिनिधि साथीहरुले स्वविवेकको प्रयोग गर्नु हुनेछ, पैसामा बिक्री हुने र डर धम्कीको आधारमा मतदान गर्नुहुनेछैन् ।’
संघमा अग्रजलाई सम्मान र भावि पुस्तालाई मार्ग निर्देशन दिने नेतृत्व आजको आवश्यकता भएको बताउँदै त्यसको लागि योग्य उम्मेद्धवार भएको दाबी गरे । उनले थपे,‘मैले हार्दा यो संस्थाको शिर उँचो हुन्छ भने म हार्न तयार छु, यदि मैले हारिरहँदा संस्थालाई पनि घाटा हुन्छ भने म हार्न तयार छैन्, साथीहरुले हराउन तयार हुनु भएन, यदि मैले हारेपनि मेरा ऐजेण्डाहरुले कहिल्यैपनि हार्ने छैनन् ।’
संघलाई राजनीतिककरण हुनबाट मुक्त गर्नको लागि आफ्नो नेतृत्व आवश्यक रहेको बताउँदै कार्कीले संस्थालाई सिण्डिकेटबाट जोगाउने खालको नेतृत्व चयन गर्नको लागि प्रतिनिधहरुलाई आग्रह गरे ।
संघमा विभिन्न विषयका वैज्ञानीकहरु भएको जानकारी दिदै कार्कीले बैदेशिक यात्रामा सिकेका सिप र अनुभव मुलुकको विकास र समृद्धिमा लगाउने वातावरण सिर्जना गर्नको लागि आफ्नो नेतृत्व लागिपर्ने जानकारि दिए ।

 

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts