आयुर्वेद एवं ज्योतिष विद्याको क्षेत्रमा प्रसिद्धि कमानउनु भएका त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती महाराज (कमलराज भण्डारी) आफ्नै निवास भरतपुर महानगरपालिका कृष्णपुरमा मङ्गलवार साँझ साढे नौ बजे ब्रह्मलिन हुनुभएको छ ।
वि.सं. १९९२ बैशाखमा पिता गुरुप्रसाद र माता रम्जनतादेवि भण्डारीका कान्छा छोराको रूपमा पर्वत जिल्लाको हुवास अन्तर्गत किक्रिकमा जन्मनु भएका कमलानन्द सरस्वतीमा ज्योतिष फलादेशको क्षेत्रमा फरक क्षमता थियो । समय समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भविष्यवाणी गरेर चर्चा आउनु हुने उहाँले राजा महेन्द्रको मृत्युको भविष्यवाणी गर्दा केही दिन जेल पर्नु परेको थियो ।
ब्रिटेनकी राजकुमारी डायनाको दुर्घटनामा मृत्यु हुने उहाँको भविष्यवाणीले अन्तर्राष्ट्रिय चर्चा बटुलेको थियो । २०५१ सालमा गिरीजाप्रसाद कोइरालालाई मध्यावधी नगर्न सल्लाह दिनु भएको र सो कुरालाई कोइरालाले नमान्दा नेपाली काँग्रेसले पराजय भोग्नु परेको कुराले पनि निकै चर्चा पाएको थियो । यस्ता भविष्यवाणी उहाँले धेरै गर्नु हुन्थ्यो जुन पूरा हुन्थ्ये ।
ज्योतिष फलादेशको क्षेत्रमा पृथक खुवी भएका उहाँलाई विलक्षण ज्योतिष प्रतिभाको कदर गर्दै संपूणानन्द विश्वविद्यालयमा भएको अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलनले त्रिकालदर्शीको उपाधिले विभूषित गरेको थियो ।
यसै गरी उहाँमा भएको आयुर्वेद उपचारको उत्कृष्ट ज्ञान एवं सेवाको कदर गर्दै नेपाल आयुर्वेदीय संस्थाले आयुर्वेद ऋषिको उपाधिबाट विभूषित गरेको थियो ।
स्व. कमलानन्द सरस्वतीका दुई श्रीमती, पाँच छोरा, दुई छोरी हुनुहुन्छ । जेठा छोरा रुद्रप्रासद अद्वैत सत्सङ्गी हुनुहुन्छ भने माइला छोरा स्वामी दुर्गादास शब्द चिन्तन दर्शनका प्रधान संरक्षक हुनुहुन्छ । स्व. कमलानन्द सरस्वतीलाई केही वर्ष यता मधुमेहको रोगले गालेको थियो ।
सञ्चारक्षेत्रको तर्फबाट गुरु त्रिकालदर्शी आयुर्वेद ऋषि कमलानन्द सरस्वती जी महाराजको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली …. ।
Thursday, October 5, 2017
ज्यो. त्रिकालदर्शी कमलराज भण्डारीको निधन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment