Friday, October 6, 2017

बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजकमा निधि

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा गठित बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको पहिलो बैठकले कार्यदलको संयोजकमा नेकाका केन्द्रीय सदस्य विमलेन्द्र निधिलाई सर्वसम्मतिले चयन गरेको छ ।

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच मंगलबार चुनावी गठबन्धन र पार्टी एकताको पहलका लागि सहमति भएपछि काँग्रेसको नेतृत्वमा छ दलले आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिको गठबन्धन बनाउन बुधबार कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गर्दै मंसिर १० र २१ गते हुने प्रदेश÷प्रतिनिधिसभाको निर्वाचनमा सिट बाँडफाँड, न्यूनतम निर्वाचनका साझा कार्यक्रमलगायत विषयमा अगामी बैठकमा छलफल गर्ने निर्णयसमेत गरेको छ ।

ती आवश्यक गृहकार्य गर्न बनेको कार्यदलमा नेकातर्फबाट सहभागी नेता पूर्णबहादुर खड्काले राससलाई दिनुभएको जानकारी अनुसार आज साँझ बस्ने कार्यदलको बैठकमा गठबन्धनका साझा नीति तथा कार्यक्रमका बारेमा विस्तृतरुपमा छलफल हुने बताउनुभयो ।

उहाँका अनुसार बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी हुनुहुन्थ्यो ।

कार्यदलका संयोजक खड्काले संविधान कार्यान्वयन गर्न र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न बृहत् लोकतान्त्रिक गठबन्धनको गठन भएको स्पष्ट पार्नुभयो ।

कार्यदलको अर्काे बैठक आज साँझ ५ बजे बस्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts