Monday, October 30, 2017

कपास उद्योगमा आगलागी, रु सात लाखको क्षति

विराटनगर,

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित नमस्ते टोलमा रहेको कपास उद्योगमा आज आगलागी हुँदा रु सात लाख बराबरको सामग्री जलेर नष्ट भएको छ ।

एक नं प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार सोही स्थानका किरण घलेको ग्रिन कपास उद्योगमा आगलागी हुँदा कपडा पेल्ने मेसिन, रुवा तथा अन्य सम्पूर्ण कपडा जलेर नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts