Monday, October 23, 2017

आगलागीबाट रु २० लाखको क्षति

इलाम, ६ कात्तिक (रासस) ः रोङ गाउँपालिका–३ कुटीडाँडामा आज अपराह्न ३ बजेतिर विद्युत चुहिई आगलागी हुँदा करिब रु २० लाख मूल्य बराबरको क्षति भएको छ ।
स्थानीयवासी विमल खवासको घरबाट लागेको आगलागीबाट घरमा रहेका लत्ताकपडा, मालसामान सबै नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र सूर्याेदय नगरपालिकाको दमकलको सहायताले करिब एक घण्टापछि आगलागी नियन्त्रणमा आएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिनुभयो । आगोले छिमेकी कर्णाखर बाँस्कोटाका घरमा समेत सामान्य क्षति पुगेको छ । आगलागीबाट खवासको एकतले टिनको छाना भएको घर पूर्णरूपमा ध्वस्त भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts