Monday, October 23, 2017

कर्णाली नदीमा डुबेर दुईजना बेपत्ता

कैलाली जिल्लाको चिसापानीनजिक कर्णाली नदीमा डुबेर आज दुईजना बेपत्ता भएका छन् ।

लम्की चुहा नगरपालिका–३ का जगन्नाथ धमलाका १४ वर्षीय छोरा चक्र धमला र रामप्रसाद धमलाकी १० वर्षीया छोरी शर्मिला धमला कर्णाली नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले बताउनुभयो ।

वनभोज खान भनी चिसापानी नजिकको कर्णाली नदी किनारमा पुगेका उनीहरु नुहाउने क्रममा नदीमा बेपत्ता भएको बताइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कर्णाली नदीमा नुहाउने क्रममा झण्डै दुई हप्ताअघि पनि दुई जनाको डुबेर मृत्यु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts