Wednesday, October 25, 2017

ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार अथकलाई

ज्येष्ठ नागरिक सरोकार समाज नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार २०७४’ यस वर्ष पोखराका पत्रकार कमल पौडेल अथकलाई प्रदान गरिने भएको छ ।

समाजका सल्लाहकार पीताम्बर शर्मा नेपालीको संयोजकत्वमा संस्थाका अध्यक्ष भक्तराज श्रेष्ठ र सचिव केशवराज ढकाल सदस्य रहेको प्रतिभा छनोट समितिले दोस्रो पटक सो पुरस्कार प्रदान गर्न गरेको सिफारिसलाई समाजको आजको बैठकले अनुमोदन गरेको हो ।

संस्थाका कार्यसमिति सदस्य इच्छाबहादुर वाग्लेले आफ्नी आमा सेतीमायाका स्मृतिमा स्थापना गरेको सो पुरस्कारको राशि रु पाँच हजार ५५५ छ । उक्त पुरस्कारबाट पहिलो पटक तनहुँका पूर्णबहादुर विकेलाई प्रदान गर्ने निर्णय भए पनि दुवै पुरस्कार एउटै समारोहमा प्रदान गरिने तयारी भएको संस्थाका सचिव केशवराज ढकालले जानकारी दिनुभयो ।

ज्येष्ठ नागरिकका अधिकारका विषयमा समाचार सम्प्रेषण गरी समाजमा जागरण ल्याउने पत्रकारलाई प्रत्येक वर्ष दिइने सो पुरस्कार संस्थाको यही कात्तिक ११ गते पोखरामा हुने पाँचाँै साधारणसभामा वितरण गरिने बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts