Thursday, October 26, 2017

जिप दुर्घटनामा दश घाइते

बझाङ,

सदरमुकाम चैनपुरबाट बागथलातर्फ जाँदै गरेको जीप दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

से १ ज ८६१ नंको जीप केदारस्युं गाउँपालिकाको रायलमा दुर्घटना हुँदा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गम्भीर घाइते हुनेमा केदारस्युं–१ का ३८ वर्षीय पशुपति मल्ल र ३६ वर्षीय ईश्वर मल्ल, वडा नं २ का २८ वर्षीय कुमार ओखेडा र २८ वर्षीय जमुना बोहरा छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts