Thursday, October 26, 2017

हराएको तीन दिनपछि जंगलमा शव भेटियो

विदुर नगरपालिका–२ का पुरुषोत्तम लोहनी हराएको तीन दिनपछि मृत्त अवस्थामा भेटिएका छन्। सोमबार दिउँसो बट्टार बजार आएका ३२ वर्षका लोहनी आज विदुर नपा–२ शेरा जंगलमा मृत्त अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

लोहनीलाई बाहुनडाँडास्थित खोल्सामा स्थानीयबासिन्दाले मृत्त देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts