नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वाम गठबन्धनलाई काउन्टर दिनको लागि नै आफूहरुले बृहत लोकतान्त्रिक मोर्चा बनाएको स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. खड्काले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिवीचको चुनावी तालमेललाई आफूहरुले नौलो रुपमा नलिएको बताउँदै यो राजनीतिक विकास क्रममा टुट्फुट र जुट भैरहने स्पष्ट पारेका हुन् । उनले भने,‘राजनीतिक धु्रवीकरणको विषयलाई यसरी उछाल्नु जरुरी छैन ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफूलाई दया र सहानुभुति लागेको समेत बताए ।
उनले थपे,‘बास्तवमा मलाई प्रचण्डजीप्रति दया लागेको छ, हुन त उहाँले यो वर्षको दशैंमा (सायद २२ वर्षपछि) होला टिका लगाएर साईत हेरेर माओवाद र कम्युनिज्मको सबै धर्म छोडेर चमत्कार नै गर्नुभयो ।’ जनयुद्ध र क्रान्तिको ईतिहाँस बोकेको पार्टी ४० मा खुम्चिनु भनेको क्रमिक रुपमा हराएर जानु नै हो भन्ने उनको दाबी थियो ।
एमालेका शीर्ष नेताहरुले समेत आफ्नो पार्टी नै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो र माओवादी पनि यसमै समाहित भएको भनेर सार्वजनिक अभिव्यक्ति समेत दिएको कुरा उल्लेख गर्दै नेता खड्काले भने,‘हिजोमात्रै एमाले नेता माधव नेपालको अभिव्यक्ति म सुन्दै थिएँ, उहाँले माओवादीलाई होच्याएर बोल्नुभएको छ ।’ ०४८ सालदेखि लोकतन्त्रको रैथाने बन्दै आएको एमालेसँग प्रचण्डले पार्टी एकता गर्नुले उनको जुझारु क्रान्तिकारीता माथि नै प्रश्न उठेको उनको भनाई थियो ।
नेता खड्काले एमाले–माओवादी केन्द्रवीचको चुनावी सहकार्य र एकता प्रयासलाई राँके भुतको संज्ञा समेत दिए । उनले थपे,‘मेरो विचारमा यो गठबन्धन लामो समय जाँदैन, चुनाव आउँदैछ, हेर्दैजानुहोला टिकट वितरणमा सबै देखि हालिन्छ ।’
यद्धपी उनले वाम गठबन्धन र तीन पार्टीवीचको एकता प्रयासबाट अहिल्यै नै अत्तालि हाल्नुपर्ने अवस्थाभने नरहेको जिकिर गरे । खड्काले भने,‘हुन त हामीले वाम गठबन्धनको काउन्टरमा बृहत लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरिसकेका छौ ं।’ खड्काले यो लोकतान्त्रिक गठबन्धनभित्र केही चूनौतिहरु भने अवश्य रहेको स्विकार गरे । उनले भने,‘लोकतान्त्रिक उम्मेद्धवारहरुले जित्नु पर्यो।’
यद्धपी उनले कांग्रेस लगायत अन्य पाँच दलहरुवीच बनेको लोकतान्त्रिक गठबन्धन चुनावी एलायन्स मात्रै भएको स्पष्ट पारे । उनले थपे,‘मुलुकमा हुन सक्ने अधिनायवादी खतराबाट बचाउनको लागि र बाहृय शक्तिको प्रभावलाई समेत सन्तुलित बनाउनको लागि यो गठबन्धन बनाएका छौं ।’
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फुर्के नेताको संज्ञा समेत दिए । उनले भने,‘उहाँ फुर्के नेताहुन्, अहिले उनमा त्यही देखियो ।’
नेता खड्काले तोकिएकै मितिमा निर्वाचन हुने समेत विश्वास दिलाए । उनले भने,‘तोकिएकै मितिमा निर्वाचन हुन्छ, यसमा कुनै तलमाथि हुँदैन्।’ माओवादी केन्द्रका मन्त्रीहरुलाई गल हत्याएर जाउ भन्ने पक्षमा आफूहरु नभएको समेत उनको भनाई थियो । यद्धपी उनले सत्तामाअ ाफूहरुसँग बस्ने र प्रमुख प्रतिपक्षीदलसँग एकता गरेकोले माओवादीले सरकारमा बस्ने नैतिक अधिकार गुमाईसकेको टिप्पणी गरे । उनले भने,‘कि त उनीहरुले राजिनामा दिनुपर्छ, होईन भने हटाईन्छ ।’
तर उनले माओवादी केन्द्रका साथीहरु सरकारमा बसिरहनु चाहीँ गलत भएको बताए । उनले एमाले–माओवादी केन्द्रका शीर्ष नेताहरु अहिले अंगगणित मिलाउनको लागि रातदिन आन्तरिक बैठकमा सरिक भैरहेको समेत आरोप लगाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रवक्ता रोशन केसीले कांग्रेसको नेतृत्वमा गठन हुन लागेको बृहत्त लोकतान्त्रिक मोर्चा वाममोर्चाको प्रतिकारमा गठन नभएको स्पष्ट पारेकी छिन् । उनले भनिन्,‘हामीले वाममोर्चाको प्रतिकारमा यो गठबन्धन बनाएका होईनौं, म फेरि पनि दोहोर्याएर भन्छु वाममोर्चाको रियाक्सशनमा हाम्रो गठबन्धन बनेकै होईन ।’
नेतृ कार्कीले लोकतान्त्रिक गठबन्धन बनाउने कुरा तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग सुर्यबहादुर थापाले लिएर गएको स्मरण गराउँदै तर त्यतिवेला कोइरालाले लोकतान्त्रिक गठबन्धन बन्ने वितिकै काउन्टरमा अर्को गठबन्धन बन्ने खतरा देखेर नबनाएको स्पष्ट पारिन् ।
उनले भनिन्,‘तर आज आएर त्यो उद्देश्य पूरा भएको छ, हामी लोकतान्त्रिक शक्तिहरु एकजुट भएका छौं, यो कसकैको विरुद्धमा होईन, मुलुकलाई स्थायित्व र आर्थिक समृद्धितर्फ डोर्याउनको लागि हो।’
उनले लोकतान्त्रिक मोर्चा बनाउने विषय सबै नेताहरुको दिमागमा भएको भए पनि हिजो आएर उक्त विषयमा छलफल प्रारम्भ भएकोले सबै पार्टीका नेताहरु सम्मिलित नेताहरुको कार्यदलले कार्य प्रारम्भ गर्ने समेत विश्वास दिलाईन् । यद्धपी उनले वाम एकता नभएको भए आफूहरुको लोकतान्त्रिक गठबन्धन बन्न समय लाग्ने थियो भन्ने धारणा राखिन् । त्यस्तै वाम गठबन्धनपछि लोकतान्त्रिक गठबन्धन नबनाएको भए ‘पोलिटिकल सुसाईड’ हुने थियो भन्दै चिन्ता व्यक्त गरिन् ।
उनले अबको निर्वाचनपछि लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने र मुलुकलाई निकास दिने समेत स्पष्ट पारिन् ।
No comments:
Post a Comment