Wednesday, October 25, 2017

बस पल्टिँदा २२ जना यात्रु घाइते

कञ्चनपुर,

पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् ।

घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले जानकारी दिनुभयो । घाइते सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts