Wednesday, October 25, 2017

पेट्रोल पम्पमा छापा

सिमरा बारा, जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज जितपुरस्थित बिन्दा स्टोर्समा छापामारेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको पेट्रोलपम्पमा प्रशासनको टोलीले छापामारी तेलको नमुनाहरु सङकलन गरेको छ ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिसावटयुक्त तेलहरु बिक्री भइरहेको उजुरीको आधारमा छापा मारिएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts