Sunday, October 8, 2017

ट्र्याक्टरको ठक्करबाट मृत्यु

चितवनको रत्ननगरस्थित शान्तिचोकमा ट्र्याक्टरको ठक्करबाट आज मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वी चितवनबाट भरतपुरतर्फ आउँदै गरेको ना १६ प ७९३१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ३ त ३३४५ नम्बरको ट्र्याक्टरले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी चितवनको राप्ती नगरपालिका–७ का अन्दाजी ५५ वर्षका मोटरसाइकल चालक मनोजकुमार पोखरेलको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

बिहान १० बजे भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा ११ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घटनापछि ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts