Sunday, October 8, 2017

काँग्रेस मनाङले उम्मेदवारको टुंगो लगायो

देशभर चुनावी लहर चल्दै गर्दा हिमालपारीको जिल्ला मनाङमा पनि चुनावी चहलपहल बढेको छ ।
एउटा मात्र संघीय क्षेत्र र दुईवटा प्रदेश क्षेत्र रहेको यस हिमाली जिल्लामा नेपाली काँग्रसले आफ्ना उम्मेदवारको टुंगो लगाएको हो । संघमा प्रत्यक्ष तर्फ नेपाली काँगे्रस मनाङका सभापति एवं सांसद टेकबहादुर गुरुङ रहनु भएको छ, भने समानुपातिक तर्फ समाजसेवी एवं युवा नेता कर्म घलेलाई अगाडि सारेको छ ।

त्यस्तै प्रदेश क्षेत्र १ मा प्रत्यक्ष तर्फ चिन्तबहादुर घले र समानुपातिक तर्फ साङ्दो लामा रहनुभएाको छ । प्रदेश क्षेत्र २ मा भने प्रत्यक्षमा कर्म गुरुङ र समानुपातिक तर्फ सगर गुरुङ (टाइगर गुरुङ) र समानुपातिक महिला तर्फ छिरिङ ओङमा घले गुरुङ रहेको नेपाली काँगे्रस मनाङ जिल्ला सचिव सुरेन्द्र गुरुङले बताउनुभयो ।

करिब ६ हजार मतदाता रहेको यस जिल्लामा चारवटा गाउँपालिका रहेको छ । जसमा स्थानीय निर्वाचनमा नेपालीे काँग्रेसले दुई वटामा जित हासिल गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts