Thursday, October 26, 2017

उपसभामुख यादवद्वारा छठको शुभकामना

राजविराज,

उपसभामुख गंगाप्रसाद यादवले मिथिला अञ्चलमा मनाइने नेपालीको महान् पर्व छठको पावन अवसरमा आज शुभकामना दिनुभएको छ ।

छठ मनाउन गृह जिल्ला सप्तरीको जोगिनिया आउनुभएका यादवले स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिका लागिसमेत उहाँले शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले आज एक शुभकामना सन्देश दिँदै सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामनासमेत गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts