Thursday, October 26, 2017

चोभारमा ‘पाटी पौवा’ निर्माण सम्पन्न

काठमाडौँ महानगरपालिका–२४ स्थित आकाश भैरवनाथ गुठीले कीर्तिपुर नगरपालिका–६ चोभारमा करिब रु १२ लाखको लागतमा ‘पाटी पौवा’ निर्माण गरेको छ ।

इन्द्रचोकमा ठडाइएको करिब ३२ फिटको लिंगो सोही स्थानबाट लगिएकाले त्यहाँ सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पाटी निर्माण गरिएको हो ।

गुठीले इन्द्रचोकमा लिंगो ठडाउनका लागि विसं २०६५ मा चोभारको आदिनाथ सामुदायिक वन उपभोक्ता समूहबाट रुख लगेको थियो ।

करिब एक वर्षको समयावधि लगाएर निर्माण गरिएको उक्त पार्टीमा करिब ६० जनाले एकैपटक विश्राम गर्न सक्ने व्यवस्था गरिएको छ ।

गुठीका अध्यक्ष शरदकुमार डंगोलले आफ्नो संस्थालाई विभिन्न समयमा आवश्यक पर्ने रुख तथा काठजन्य वस्तु त्यहाँको जंगलबाट लिएकाले पनि त्यहाँको स्थानीयवासीले गरेको सहयोगको सम्मानका लागि पाटी बनाइएको जानकारी दिनुभयो ।

ऐतिहासिक नगरका रुपमा रहेको चोभारमा निर्मित उक्त पार्टीबाट जलविनायक, मञ्जुश्रीले काटेको गल्छी, स्थानीय भ्यू प्वाइन्टलगायत स्थानलाई नजिकबाट दृष्यावलोकन गर्न सकिन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts