Friday, October 20, 2017

नेपाल संवत् मोटरसाइकल -याली

विराटनगरमा बसोवास गर्दै आएका नेवार समुदायले नेपाल संवत् ११३८ को उपलक्ष्यमा आज यहाँ मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ ।

झि पुचः विराटनगरबाट शुरु भएको सो मोटरसाइकल ¥याली नगरको विभिन्न भागको परिक्रमापछि पुनः सोही स्थानमा गई समापन भएको थियो ।
झि पुचः विराटनगरले आयोजना गरेको सो मोटरसाइकल ¥यालीमा नेवारलगायत अन्य समुदायका मानिस समेत समावेश भएका थिए ।

नेवारी वेशभूषामा सजिएर निकालिएको ¥यालीपछि आयोजित कार्यक्रममा एक–आपसमा शुभकामना आदानप्रदान गरिनुका साथै नेवारी समुदायबाट समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याउने सातजना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

सुरक्षित तिहार मनाउन –प्रहरी सुरक्षा

हिन्दूहरुको दोस्रो महान चाड तिहार र छठका लागि मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

तिहारमा पटका पड्काउने हुलदँगा गर्ने र अमर्यादित क्रियाकलाप गर्नेलाई प्रहरी नियन्त्रणमा लिएर कानूनअनुसार कारबाही गर्ने मोरङ प्रहरीले जनाएको छ ।

जिल्लामा चाडपर्वमा कुनै किसिमको अप्रिय घटना हुन नदिन सादा पोशाकसहित ९०० भन्दा बढी नेपाल प्रहरी सुरक्षामा खटाइएको प्रहरी उपरीक्षक अरुणकुमार विसीले जानकारी दिनुभयो ।

सुरक्षालाई ध्यानमा राखेर रातको १० बजेपछि देउसी भैलो कार्यक्रम नगर्न प्रहरीले आग्रह गरेको छ । मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिँड्ने, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई पनि करबाही गर्ने मोरङ प्रहरीले जनाएको छ ।

तिहारमा अवैधरुपमा तास जुबा खेल्नेमाथि पक्राउ गरी कारबाही गरिने प्रहरीले जनाएको छ । तिहार, छठ पर्वमा कुनै किसिमको अवाञ्छित र आपराधिक घटना नहोस् भन्ने उद्देश्यले सुरक्षामा कढाइ गरेको मोरङ प्रहरीले जनाएको छ ।

सर्वसाधारणले सुरक्षित र भयरहित वातावरणमा तिहार र छठ मनाउन भन्ने उद्देश्यले सुरक्षा व्यवस्था कडा गरिएको उपरीक्षक विसीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts