Friday, October 20, 2017

वरिष्ठ नेता पौडेलद्वारा नेपाल संवत् र तिहारको शुभकामना

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल संवत् ११३८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिको लागि मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

वरिष्ठ नेता पौडेलले शुक्रबार एक शुभकामना सन्देश जारी गरी नेपालको आफ्नै मौलिक संवत्का रुपमा रहेको यस संवत्ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, एकता र मेलमिलापको भावना अभिवृद्धि गर्ने महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी वरिष्ठ नेता पौडेलले शुभ दीपावली २०७४ को अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

“आ–आप्mना घरघरमा दीपावली गरी उज्यालो र उल्लासमय पर्वका रुपमा मनाइने यस पर्वले आपसी मित्रता, मेलमिलाप, सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई समेत मजबुत बनाउँदै देशको समग्र विकासमा समेत एकताबद्ध भएर लाग्न प्रेरणा दिने विश्वास व्यक्त गर्दछु” नेता पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts